म्याग्दी– म्याग्दीको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ ।


ADVERTISEMENT


बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गररेका हुन् ।परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ ।उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले रु दुई करोड १७ लाख ७९ हजार २६१ खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे ।


ADVERTISEMENT

# # #


रु एक करोड ५९ लाख २६ हजार २६१ नगद तथा ५८ हजार ५३ हजारबराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष छन्त्यालले बताए ।परियोजनामा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र÷राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको रु ८१ लाख ९० हजार, मल्कवाङ गाविसको रु पाँच लाख ५६ हजार, जिविसको रु दुई लाख र ३, ४, ५ र ६ वडा र आमा समूह कोषको रु १३ लाख १० हजार लगानी भएको छ ।

परियोजना निर्माणका लागि स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले रु ५६ लाख ७० हजार २६१ चन्दा सङ्कलन गरेर जुटाएका थिए ।

परियोजना निर्माण भएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न, विद्युतीय सामग्रीको सहायताले आयआर्जनमूलक क्रियाकलाप गर्न सहज भएको स्थानीयवासी याममाया छन्त्यालले बताए।