काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज विजय चौथाइवासँग भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री ओली र चौथाइवाबीच दुई देशको सम्बन्धलाई सुमधुर बनाउने बिषयमा छलफल समेत भएको बालुवाटार श्रोतले जनाएको छ ।


ADVERTISEMENT


भाजपा ईन्चार्ज चौथाइवाल प्रधानमन्त्री मोदीका अत्यन्त निकट विश्वास पात्र हुन् । उनी यसअघि मोदीको नेपाल भ्रमणका क्रममा पनि पटक नेपाल आएका थिए ।


ADVERTISEMENT

# # #


बिहीवार साँझ ट्विटमार्फत चौथाइवालले समेत प्रधानमन्त्री ओलीसँगको भेट सार्वजनिक गरेका छन् ।

उनले लामो समय देखि निकट र अन्योन्याश्रित सम्बन्ध जोडिएको नेपाल भारत बीच आईपर्ने समस्याहरूलाई चिर्दै बलियो आत्मियताका साथ सहकार्यको वातावरण तयार पार्ने समेत बताएका छन् ।