काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले सोमबार रु छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।


ADVERTISEMENT


केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।


ADVERTISEMENT

# # #


सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।