काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा डुबेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सरकारविरुद्धको प्रदर्शनमा काठमाडौँको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले नेकपाकै वरिष्ठ नेताहरुले दुई तिहाईको सरकार भ्रष्टाचारमा डुबेको स्वीकाररेरै प्रधानमन्त्रीलाई पत्र पठाएको बताए । उनले भने, ‘मैले भन्नु पर्दैन, कम्युनिस्ट पार्टीकाका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचार हो ।’


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप पनि लगाएका छन्। ‘बढी शक्तिले धेरै भ्रष्ट बनाउँछ भन्ने प्रधानमन्त्री कार्यालयमा देखियो,’ उनले भने । उनले कांग्रेसका पालामा पनि भ्रष्टाचार भएको बताएका थिए। उनले भ्रष्टाचार गर्नेलाई विगतमा कारबाहीसमेत गरिएको बताए।

सरकारले संवैधानिक निकायलाई कार्यकर्ता भर्ती केन्द्रमा परिणत गरेको भन्दै उनले त्यसो नगर्न चेतावनी दिए । देशमा संविधान, संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संकटमा पार्न खोजिएको भन्दै नेता पौडेलले कांग्रेस जीवित रहेसम्म त्यो सम्भव हुन नदिने ठोकुवा गरे ।

कम्युनिस्टहरुको पृष्ठभूमि लोकतन्त्रवादी नरहेको भन्दै नेता पौडेलले कम्युनिस्टहरु राजाजस्तै भएको बताए । तनहुँमा पुल उद्घाटनका क्रममा आफूमाथि नेकपाका कार्यकर्ताहरुले हमला गरेको घटना सम्झिँदै उनले भने, ‘हिजो रुख रोप्दा राजाहरु हाम्रा टाउका फोड्थे । आज पुल बनाउँदा कम्युनिस्टहरु हाम्रा करङ भाँच्दैछन् । राजा र कम्युनिस्टहरु एकै सिक्काका दुईवटा पाटा भए ।’