काठमाडौँ – एआइजीपी हरि बहादुर पालले महानगरिय प्रहरी कार्यालय (मेट्रो)रानीपोखरीको कमाण्ड सम्हाल्ने भएका छन् । एआइजीपी पाललाई नेपाल प्रहरीको निर्णय क्षमता, कार्यक्षमता र नेतृत्व क्षमतामा अब्बल प्रहरी अधिकारीका रुपमा लिइन्छ ।


ADVERTISEMENT


उनी यसअघि सैलेश थापा क्षेत्रीसँग आइजीपीको दौडमा सँगै थिए । थापा र पालले एकआपसमा जो आईजीपी भएपनि स्वीकार्य हुने भन्दै नेपाल प्रहरीमा राम्रो संस्कारको शुरुवात गरेका थिए ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर उपत्यकाकै नेपाल प्रहरीको कमाण्ड पर्दछ । एआईजीपी पाल आएसँगै काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा लगायत नेपाल प्रहरीको भूमिकामा प्रभावकारी नतिजा देखिने विश्वास गरिएको छ ।
पाल आएसँगै यसअघि डिआईजीको कमाण्डमा रहेको मेट्रोको नेतृत्व एआईजीपीले सम्हाल्ने भएका छन् ।