कलैया– बाराको देवताल गाउँपालिका–१ मा माओवादी (केन्द्र) विजयी भएको छ ।


ADVERTISEMENT


भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


उनका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु मियाँले १८० मत प्राप्त गरेको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिए ।

त्यसैगरी पचरौता नगरपालिका–१ मा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

नेकपा (एमाले)का उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी राजपाका विनय सिंहले ६४० मत प्राप्त गरे ।