काठमाडौँ – गौतम टी–२० प्रतियोगिताको उपाधी टिम राप्तीले जितेको छ । प्रतियोगिताको फाइनलमा मंगलबार राप्तीले नारायणीलाई ९ रनले पराजित गर्दै उपाधि उचालेको हो ।


ADVERTISEMENT


चितवनको भरतपुरस्थित निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमूना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा १४३ रन बनायो । १४४ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नारायणीका लागि सर्वाधिक ४८ रन बनाए । त्यसक्रममा उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै रित गौतम र इशान पाण्डेले समान २७–२७ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् । राप्तीका लागि अभिनास बोहराले ३ विकेट लिए भने भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट लिए ।

यसअघि राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए । ३१ बलमा उनले २ चौका र ४ छक्का प्रहार गरे । यस्तै कप्तान विनोद भण्डारीले ३३, सुमित महर्जनले २२, असमत श्रेष्ठले १८ तथा शरद भेषवाकरले १० रन जोडे । नारायणीका लागि साहब आलमले ३ तथा सुसन भारीले २ विकेट लिए । कप्तान करण केसीका नाममा १ विकेट रह्यो ।

अभिनास बोहरा बने प्रतियोगिताका उत्कृष्ट खेलाडी

टिम राप्तीका मध्यम गतिका बलर अभिनास बोहरा प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका छन् ।

उनले नगद ४५ हजार रुपैँया पुरस्कार जिते । यस्तै करण केसी प्रतियोगिताको उत्कृष्ट बलर तथा कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान चुनिए । उनीहरुले क्रमशः २५ हजार रुपैँया प्राप्त गरे ।

यस्तै प्रतियोगिताको इमर्जिङ खेलाडीमा नारायणीका साहब आलम चुनिए । उनले नगद १५ हजार रुपैया प्राप्त गरे ।