काठमाडौँ – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि हंगामा सुरु भएको छ । सरकारको यो कदमको स्वयम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरु विरोधमा उत्रिन थालेका छन् ।


ADVERTISEMENT


नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश जारी भएपछि कडा आपत्ति जनाएका छन् । उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् । सार्वभौम सम्पन्न संसद्लाई समेत बन्धक बनाई अध्यादेश ल्याइनु गलत रहेको प्रचण्डको भनाई छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले पार्टीमा सल्लाहबिनै अध्यादेश जारी गरेको भन्दै नेकपाका अन्य नेताहरु पनि आक्रोशित बनेका छन् । नेकपाका प्रभावशाली नेता जनार्दश शर्माले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर सत्ता स्वार्थको पराकाष्ठा नाघेको आरोप लगाएका छन् । छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने भन्दै उनले अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यादेश जारी पछि आपत्ति जनाएको छ । कांग्रेसले सरकारको यो कदम अधिनायकवादको सिंढी रहेको टिप्पणी गरेको छ । संविधानको मर्म र भावना विपरीत ल्याईएको अध्यादेश तुरुन्त खारेज गर्न माग गरेको छ ।

सम्बन्धित समाचार :
– राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
– विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ : बाबुराम भट्टराई
– संवैधानिक परिषद्को बैठकमा देउवा नजाने