काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले अहिले ५ बजे बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।


ADVERTISEMENT


सरकारले संविधानको मर्म विपरित राष्ट्रपति मार्फत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि देउवा नजाने भएका हुन् । कांग्रेसले तत्काल अध्यादेश खारेज गर्न माग गरेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले आज बिहान पनि बैठक बोलाएका थिए । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभापति देउवा सहभागि भएका थिए । तर, सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठकको कोरम नपुगेकाले प्रधानमन्त्री ओलीले ५ बजेसम्मका लागि स्थगित गरेका थिए ।

देउवा उक्त बैठकमा नजाने भएका हुन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ।

बैठक सञ्चालनका लागि अध्यक्ष (प्रधानमन्त्री) बाहेक ४ जना सदस्य उपस्थित हुनुपर्थ्यो । हाल उपसभामुख नरहेकाले सदस्यमध्ये एक जनामात्रै अनुपस्थित हुँदा पनि बैठक सञ्चालन हुन सक्दैनथ्यो । तर, आजको अध्यादेशले बहुमत संख्या अर्थात प्रधानमन्त्री बाहेक ३ जना उपस्थित भएपनि बैठक बस्न सक्ने व्यवस्था गरेको छ ।

सरकारले ल्याएको यो अध्यादेशको विरोधमा स्वयम् नेकपाका नेताहरु उत्रिएका छन् ।

सम्बन्धित समाचार :
– राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि हंगामा, नेकपाकै नेताहरु विरोधमा उत्रिए
– विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ : बाबुराम भट्टराई

अध्यादेशबाट सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टियो : देउवा