काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपति मार्फत जारी गरेको संवैधानिक परिषद् सम्बन्धि अध्यादेश अलोकतान्त्रि रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सभापति देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको बताएका हुन् । उनले सरकारको यो कदमले सर्वसत्तावादी सोच झनै प्रस्ट पारेको बताएका छन् ।


ADVERTISEMENT

# # #


सभापति देउवाले उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ संवैधानिक परिषद्को बैठकमा कोरम पुगेन भन्नु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ।’ देउवाले भनेका छन्, ‘यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ ।’

प्रधानमन्त्री ओलीले आज बिहान पनि बैठक बोलाएका थिए । उक्त बैठकमा देउवा गए पनि सभामुख गएका थिएनन् । सभामुख नगएपछि गणपूरक संख्या नपुगेकाले बैठक स्थगित भएको थियो ।

सम्बन्धित समाचार :
– राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि हंगामा, नेकपाकै नेताहरु विरोधमा उत्रिए
– विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ : बाबुराम भट्टराई

त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रीपरिषद्को आकष्मिक बैठक बोलाएका थिए । उक्त बैठक पछि सरकारले प्रमुख प्रतिपक्षी र सभामुख नभए पनि बैठक बस्न सक्ने व्यवस्था सहितको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफरिस गरेको थियो ।

राष्ट्रपतिद्वारा उक्त अध्यादेश जारी भएपछि देउवा र सभामुख अग्नि सापकोटा बिना नै संवैधानिक परिषद्को बैठक बसेको छ ।