काठमाडौँ– उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


नागरिक एकता समाजले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा उनले भने–“संविधानको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र अब प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन गराउनेतर्फ सरकार उच्च प्राथमिकताका साथ लागिपरेकोे छ ।”


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि व्यवहारिक र व्यवसायी शिक्षा आजको आवश्यक रहेको उल्लेख गर्दै विदेशिएको ५५ लाख नेपाली युवालाई स्वदेशमै रोजगार सिर्जना गर्न व्यावसायिक ज्ञान आवश्यक रहेको छ भने।

वर्गीय, जातीय, क्षेत्रीय विभेदले टाढिएका नेपालीलाई एक ठाँउमा ल्याउन नागरिक एकता समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

समाजका अध्यक्ष सीताराम कार्कीले सामाजिक जनचेतना फैलाई मुलुकको विकास र समृद्धिका लागि समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै “छरिएर रहेका नागरिकलाई एकताको सुत्रमा बाँध्न समाजले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ,”– भने ।

चार राज्यमन्त्री सम्मानित

सो अवसरमा मुलुकका चार राज्यमन्त्रीसहित समाजको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरियो ।

सम्मानित हुनेमा स्वास्थ्य राज्यमन्त्री रामसिंह यादव, उद्योग राज्यमन्त्री रेशमबहादुर लामा, कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दीलमान पाख्रिन र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ रहेका छन् ।

यस्तै सांसद ओमदेवी मल्ल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव लक्ष्मीराम पौडेल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल, सहकारीकर्मी कुम्भराज गुरुङ, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, गीतकार बुद्धवीर लामापनि सम्मानित भएका छन् ।

यसैगरी व्यवसायी टेकबहादुर गुरुङ, स्वास्थ्यकर्मी सरोजकृष्ण श्रेष्ठ, माधवबहादुर दुलाल, प्रविनरत्न बज्राचार्य, शिक्षासेवी सूर्य राई, गोविन्दबहादुर खड्का, लोकबहादुर चौहान, युवा राजनीतिज्ञ पशुराम खतिवडालाई पनि सो अवसरमा सम्मान गरिएको हो ।