काठमाडौँ – कोभिडका कारण गत वर्ष चैतदेखि बन्द हिन्दू धर्मावलम्बीका लागि नेपालको सबैभन्दा ठूलो मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत मंसिर दोस्रो साता पुष १ गतेदेखि मन्दिर खुला गर्ने निर्णय गरेका थिए ।


ADVERTISEMENT

# # #


आजदेखि मन्दिर खुला गरिएकोमा मन्दिर छिर्न मास्क अनिवार्य गरिएको छ । ढोकामै हात स्यानिटाइज्ड गर्नुपर्ने र जुत्ताचप्पल राख्ने ठाउँमै हात धुनुपर्ने व्यवस्था गरिएको छ ।

मन्दिर खुला गरिएपनि दर्शनका लागि मन्दिरमा भक्तजनहरुको उपस्थिति एकदमै कम मात्र भएको पशुपति विकास कोषले जनाएको छ ।

कोषले भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाएको बताएको छ ।