इलाम – आउँदो वर्ष देशव्यापी रूपमा हुने राष्ट्रिय जनगणनामा जातजाति महलमा ‘लिम्बू’ र धर्म महलमा ‘किरात’ लेख्न आहवान गरिएको छ । समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत बनाउन जनसङ्ख्यात्मक आधार निर्माणका लागि लिम्बू जातिलाई जातजातिमा लिम्बू लेख्न अनुरोध गरिएको हो ।


ADVERTISEMENT


किरात याक्थुङ चुम्लुङ इलामले विज्ञप्ति जारी गर्दै जातजातिको महलमा ‘लिम्बू’, पुर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजीकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको हो ।


ADVERTISEMENT

# # #


चुम्लुङका सचिव राम योङहाङका अनुसार मातृभाषालाई सरकारी कामकाजी भाषाका रूपमा स्थापित गर्न-गराउनका लागि जनसङ्ख्यात्मक आधार निर्माणका लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न अनुरोध गरिएको हो ।

संविधानले नेपालमा बोलिने सबै भाषालाई मातृभाषाका रूपमा परिभाषित गरिएको तर बहुसङ्ख्यकले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा हुने सक्ने उल्लेख गरिएको छ । लिम्बू भाषालाई कामकाजी बनाउने चुम्लुङले सबैलाई जात र भाषामा लिम्बू लेख्न अनुरोध गरेको हो । नेपालको पूर्वी भेगलाई पूर्वी किरात भनेरसमेत भनिने गरिन्छ ।

पछिल्लो समय लिम्बू भाषालाई सरकारी कामकाजी बनाउने काम इलाममा शुरु भइसकेको छ । त्यस्तै लिम्बू भाषा पठनपाठनसमेत हुन थालेको छ । यसैले सबै लिम्बू जातिलाई एकीकृत गर्न चुम्लुङले यो अभियान शुरु गरेको हो । चुम्लुङका सचिव योङहाङका अनुसार पछिल्लो समय सरकारी कामकाजमा आफ्नो भाषा नहुँदा र पठनपाठनसमेत नहुँदा लिम्बू भाषा लोभ हुने अवस्थामा छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ । रासस