काठमाडौँ – महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई व्याजदरमा सहुलियत प्रदान गरेको छ ।


ADVERTISEMENT


विकास बैँकले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधि अन्तर्गत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


यसरी पुनर्कर्जा सुविधाका लागि कोभिड–१९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न वर्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।