काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि काठमाडौँ उपत्यकाका सवारीमा लगाइएको जोर बिजोर प्रणाली भोलिदेखि हट्ने भएको छ ।


ADVERTISEMENT


बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले जोर बिजोर प्रणाली जारी राख्दा भीड बढ्ने निष्कर्ष निकाल्दै हटाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यससँगै भोलिदेखि सडकमा सबै किसिमका सवारी साधन गुड्न पाउनेछन् । जोर बिजोर प्रणालीका कारण सार्वजनिक सवारीमा भीड बढेको, यात्रुलाई असुविधा भएको र कोरोनाको जोखिम झनै बढेको भन्दै हटाउन चातर्फी दबाब सिर्जना भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा समेत गरेका थिए ।