काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल सरकारविरुद्ध साथसाथै उभिने भएका छन् ।


ADVERTISEMENT


उनीहरुबीच बढ्दो भ्रष्टाचार, राजनीतिक समस्या लगायतका विषयमा साथ रहने गरी दुई बुँदे समझदारी भएको छ।


ADVERTISEMENT

# # #


शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो।