काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गर्नुअघि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ ।


ADVERTISEMENT


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकटका ८९ जना सांसदले ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले संसद विघटन गर्न लागेको थाहा पाएपछि उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।