काठमाडौँ – संसद विघटनपछि प्रधानमन्त्री केपी शर्माओलीले आयोगका प्रमुख र सदस्यहरूसँग निर्वाचन बारे छलफल गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा नेता सुवास चन्द नेम्वाङको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।


ADVERTISEMENT

# # #


आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफरिसमा प्रतिनिधिसभा विघटन गर्नै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् । सोही अनुसार तयारीका लागि निर्वाचन आयोगका पदाधिकारी प्रधानमन्त्री ओलीले छलफल गरेको बताइएको छ ।