काठमाडौँ – नेकपाभित्रको आन्तरिक किचलोका कारण सरकार गम्भीर मोडमा पुगेपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टाछुट्टै वैठक डाकेका छन् ।


ADVERTISEMENT


आइतवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि नेकपा विभागजनको बिन्दुमा पुगेको छ ।


ADVERTISEMENT

# # #


यसै क्रममा सोमवार प्रधानमन्त्री ओलीले बिहान ९ बजे बालुवाटारामा आफू निकट सांसद्को वैठक डाकेकोमा अहिले वैठक चलिरहेको छ । यस्तै प्रचण्डले दिउँसो १ बजे संसद् भवनमा आफू निकट सांसद्को वैठक बोलाएका छन् । प्रचण्डलाई साथ दिइरहेका माधव नेपाल पक्षका सांसद् पनि सांसद् भवनमा बोलाइएको छ ।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसद्हरु रहेका छन् ।