काठमाडौँ – ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ ।


ADVERTISEMENT


बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं। ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्तरुमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल टे«डर्सलाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं। ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवाको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले देशका ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।