काठमाडौँ – राइड शेयरिङ यातायात सेवाअन्तर्गत पठाओ चालकहरु आन्दोलनमा उत्रिएका छन् । पठाओले चालकबाट बढी कमिशन लिएको भन्दै उनीहरु कमिशन कट्टीसहित विभिन्न ११ बूँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT


उनीहरुले स्वतःस्फूर्त रुपमा राइड सेवा बन्द समेत गर्न थालेका छन् ।


ADVERTISEMENT

# # #


हाल कम्पनीले चालकबाट प्रतियात्रु २० प्रतिशतसम्म कमिशन लिने गरेको छ । चालकहरुले यसलाई घटाएर ८ प्रतिशतभन्दा कम बनाउनुपर्ने माग राखेका छन् । यस्तै चालकको अनिवार्य बीमा, गुनाशो सुन्ने ठाउँ र चालकले पनि यात्रुले जस्तै बीचमा राइड क्यान्सिल गर्न पाउने लगायतका माग उनीहरुले गरेका छन् ।

कम्पनीले उनीहरुको मागपत्र बुझेकोमा एक साताभित्र जायज माग सम्बोधन गर्ने आश्वासन दिएको छ ।