काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष केपी शर्मा ओली पक्षले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलबार सातै  प्रदेशका मनोनीत  केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई आज र भोलि(बुधबार र बिहीबार) काठमाडौँमा दिन थालेको छ ।


ADVERTISEMENT


प्रशिक्षणका लागि नेकपाले विभिन्न नेतालाई खटाएको छ । सातै प्रदेशका केन्द्रीय सदस्यलाई विभिन्न स्थानमा प्रशिक्षण दिन थालिएको पार्टी ओली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सोअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे, प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, वाग्मती प्रदेशमा पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याल तथा गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिनेछन् ।


ADVERTISEMENT

# # #


यस्तै लुम्बिनी प्रदेशमा महासचिव विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, थापा र गोमा देवकोटा, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट,  ज्ञवाली, कर्णबहादुर थापा र डा विन्दा पाण्डेले प्रशिक्षण दिने जनाइएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको केन्द्रीय कमिटी बैठकले एक हजार १९९ केन्द्रीय कमिटी बनाएको थियो । तिनमध्ये ५५६ जनालाई मङ्गलबार नै केन्द्रीय कमिटीमा मनोनयन गरिएको थियो ।