काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।


ADVERTISEMENT


संसद विघटनविरुद्ध परेको १२ वटा रिटमाथि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको बताए । सबै रिट संवैधानिक इजलासमा पठाइएपछि आगामी शुक्रबार यी रिटमाथि संवैधानिक इजलासमा बहस हुनेछ । संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्।

शुक्रबार संवैधानिक इजलासमा निवेदकहरु र सरकारी पक्षको बहस सुनुवाइ गरेर अन्तरिम आदेश दिन सक्ने सम्भावना रहेको छ ।