लहान– लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ ।


ADVERTISEMENT


लहान नगरपालिका–५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली काँग्रेसका प्रतिनिधिले लिएपछि मतगणना कार्य पुनः अवरुद्ध भएको हो ।


ADVERTISEMENT

# # #


काँग्रेस पुनः मतगणना गर्नुपर्ने र नेकपा एमाले मत परिणाम घोषणा गर्नुपर्ने अडानमा कायमै रहेपछि दिउँसो ३ः०० बजेदेखि मतगणना रोकिएको दलका प्रतिनिधिले बताएका छन् । विवाद भएपछि एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको छ । विवादका कारण लहान नगरपालिकाको मतगणना कार्य दोस्रो पटक रोकिएको छ ।

यसअघि मंगलबार लहान नगरपालिका ३ नं वडाको मतगणनाप्रति असन्तुष्टि जनाउँदै पुनः मतगणना गर्नुपर्ने माग संघीय समाजवादी फोरमले अघि सारेपछि मतगणना अवरुद्ध भएको थियो । दलसँग सहमति भएपछि आज बिहानदेखि पुनः मतगणना शुरु भएको थियो ।

वडा नं ५ को मत परिणाम घोषणा नहुञ्जेलसम्म आफ्नो प्रतिनिधि नपठाउने एमालेका नेताले बताएका छन् । उजुरीपछि ४ र ६ नं को मतगनणासमेत रोकिएको छ । अहिले एमाले कार्यकर्ताले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरे । यता सहायक निर्वाचन अधिकृत पवन गुप्ताले दलसँग मतगणना पुनः थाल्न छलफल भइरहेको बताएका छन् ।