काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सरकारविरुद्धको प्रदर्शन काठमाडौँमा शुरु भएको छ । काठमाडौँ उपत्यकाका ८ ठाउँबाट एकैपटक विरोध प्रदर्शन शुरु गरिएको हो ।


ADVERTISEMENT


टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, भृकुटीमण्डप लगायतका स्थानबाट सरकारविरुद्ध जुलुश निकालिएको छ ।


ADVERTISEMENT

# # #


टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

यसबाहेक विभिन्न विद्यार्थी संगठनले पनि सरकारविरुद्ध नारा जुलुश गरेका छन् । आज काठमाडौँमा मात्र ५० हजार बढी नागरिक सडकमा उतार्ने दाबी गरेको प्रचण्ड–नेपाल समूहले देशैभरी सरकारकाविरुद्ध प्रदर्शनी गरेको छ ।