काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई पाखा लगाउँदै प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको उपाधी प्रदेश १ ले जितेको छ । आइतबार दाङको लमहीमा सम्पन्न प्रतियोगिताको फाइनलमा प्रदेश १ ले एपीएफलाई ६ रनले हराएको हो ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेछ गुमाउँदै १०५ रन बनायो । १०६ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको एपीएल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


एपीएफका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले नटआउट २६ तथा ज्योति पाण्डेले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । प्रदेश १ की कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान २–२ विकेट लिए । यस्तै संगीता राईका नाममा एक विकेट रह्यो ।

यसअघि प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाइन् । यस्तै काजल श्रेष्ठ २९ रनमा नटआउट रहँदा कप्तान रुबिना क्षेत्री १८ रनमा आउट भइन् । एपीएफका लागि कप्तान सीता राना मगरले ४ ओभरमा १७ रन मात्र खर्चिएर ३ विकेट चट्काइन् । करुणा भण्डारीका नाममा एक विकेट रह्यो ।

प्रतियोगिताको विजेता बनेको प्रदेश १ ले ट्रफीसहित ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । यस्तै उपविजेतामै सीमित एपीएफले ३ लाख रुपैयाँ पाएको छ । यस्तै सेमिफाइनलमा पुगेका सुदुरपश्चिम र लुम्बिनी प्रदेशले समान २५–२५ हजार पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा प्रदेश १ की संगीता राई चुनिएकी छन् । उनले २१ हजार रुपैयाँ जितेकी छन् । यस्तै उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरमा क्रमशः एपीएफकी ज्योति पाण्डे र  करुणा भण्डारी चुनिएका छन् । उनीहरुलाई समान १०–१० हजार पुरस्कार प्रदान गरिएको छ ।