एजेन्सी – अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले भड्काएको हिँसापछि राजधानी वासिङ्टन डिसीमा १५ दिन सङ्कटकाल लगाइएको छ ।


ADVERTISEMENT


ट्रम्प समर्थकले चुनावमा धाँधली भएको भन्दै बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए। हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा एकदिनका लागि कर्फ्यु समेत लगाइएको छ ।


ADVERTISEMENT

# # #


ट्रम्पले नै चुनाव जितेको बताउने ट्रम्पका समर्थकहरुले संसद भवनभित्र तोडफोड गरेका थिए। उक्त हिँसामा परि हालसम्म ४ जनाको मृत्यु भएको छ । मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अन्य हिँसामा परी गम्भीर घाइते भएका एक महिलासहित ३ जनाको मृत्यु भएको जनाएको छ।

प्रहरीले हिँसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा ५२ जनालाई पक्राउ गरेको छ ।