काठमाडौँ – राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभाको विघटन गरेर संविधानमात्रै होइन, देश र जनतामाथि नै प्रहार गरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य बिडारीले संसदले प्रधानमन्त्रीलाई तीन वर्षसम्म सहयोग गरे पनि पार्टीको विवादलाई लिएर संसदमाथि नै प्रहार गरिनु गलत भएको बताए । ‘तीन वर्षसम्म संसदले सरकारका बजेट, कार्यनीति, विधेयक पारित गरिदियो ।’ उनले भने, ‘विवाद पार्टीमा भयो, प्रहार संसदलाई गर्ने ? विवाद पार्टीमा भयो, जनता र व्यवस्थामाथि प्रहार गर्ने ?’


ADVERTISEMENT

# # #


उनले संविधानमा ५–५ वर्षमा मात्रै चुनाव हुने व्यवस्था भएकाले प्रधानमन्त्रीको हुकुमबाट संसद भंग गरेर ताजा जनादेशमा जान नसकिने बताए । प्रधानमन्त्रीले संविधानलाई शक्तिहीन बनाउन खोजेको आरोप लगाउँदै भने, ‘ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ?’

प्रतिनिधि सभा विघटन संवैधानिक ठहर भएमा ताजा जनादेशपछि आउने प्रधानमन्त्रीले तीन महिनापछि संसद विघटन गरिदिए देशको हालत के हुन्छ भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्रीले वैशाखमा चुनाव हुन्छ भनेर फटाहा कुरा गरेको उनले दाबी गरे । उनले भने, ‘वैशाखमा चुनाव एक हुन्न, दुई हुन्न, तीन हुन्न । प्रधानमन्त्रीले फटाहा बोल्नुभएको हो ।’