काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको नयाँ नेतृत्व संस्थाको गरिमा बचाउन जिम्मेवार बन्नुपर्ने बताएकी छिन् ।


ADVERTISEMENT


नवनिर्वाचित अध्यक्ष विजय सुब्बालाई नयाँ कार्यकालको शुभकामना दिँदै उनले विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धारासायी भएकोमा नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पुर्‍याउनेमा आफू आशावादी रहेको बताइन् ।


ADVERTISEMENT

# # #


कर्मचारीको काम तलब थाप्ने मात्र नभएको बताउँदै उनले संस्थालाई कमजोर बनाउने कर्मचारीले अब छुट नपाउने भन्दै सच्चिएर अघि बढ्न निर्देशन समेत दिइन्।