काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन् । भारतीय न्यूज च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीसँगको अन्तवार्तामा प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको बताए ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री मोदी र आफ्नो उमेर घटी बढी भएपनि दुबै प्रधानमन्त्रीको हैसियत बराबर भएको पनि उनले बताए ।


ADVERTISEMENT

# # #


केही समयअघि उक्त मिडियाले नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाएकोमा प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकी राष्ट्र भएकाले एकअर्काकाविरुद्ध कार्ड नखोल्ने बताए । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएको बताउँदै उनले भारत र चीनको बिग्रिएको सम्बन्ध सुधार्न मध्यस्तथाको भूमिका निर्वाह गर्न नेपाल तयार भएको समेत जानकारी दिए । ‘हामी तीनै जनाले लगभग समान उमेरमा राजनीति शुरु गरेका हौँ,’ उनले भने, ‘हामी एकअर्कालाई बुझ्न सक्छौँ, यसमा एकको विरुद्ध अर्कोकोक कार्ड नेपालले खेल्दैन।’ छिमेकीसँग समदूरीको सम्बन्ध नराख्ने र नेपाले तटस्थताको राजनीति गर्ने उनको भनाइ थियो ।

अन्तरवार्तामा पत्रकार चौधरीले नेपालले सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सासँगको सम्बन्ध चीनसँग सम्बन्ध बढाएर भारतविरुद्ध लागेको आशंका राखेका थिए । उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको बताएका थिए । ‘हामीले हाम्रो भूमिमा भारतीय पक्षले सडक बनाएपछि कूटनीतिक नोट पठायौं । वार्ताको प्रस्ताव गर्‍यौं । कुनै सकारात्मक जवाफ आएन । फेरि हाम्रो भूमिमा सडक बनाएर उद्घाटन गरियो । हामीले विरोध गर्‍यौं,’ उनले भने, ‘भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि हामीले नक्सा सार्वजनिक गरेका हौँ ।’

भारतले पनि नक्सा निकाल्ने गरेकोमा नेपालले नक्सा सार्वजनिक गर्नु स्वभाविक भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘भारत र पाकिस्तानले पनि बेग्लाबेग्लै नक्सा निकालेका छन्, त्यसैले जुन दिन विवाद सुल्झिन्छ, त्यो दिन हाम्रो पनि एउटै नक्सा निकालिनेछ,’ उनले भने ।