काठमाडौँ – नेपाली शेयर बजारकै सबैभन्दा ठूलो ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओका लागि आवेदन खुलेको छ ।


ADVERTISEMENT


आइपीओका लागि आजदेखि खुलेको आवेदन ६ गतेसम्म दिन सकिनेछ । आइपीओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छ। क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ ।


ADVERTISEMENT

# # #


पूर्वाधार बैंकले १ कित्ता बराबर १ सय रुपैँयाका दरले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् ।

आवेदन दिनुअघि के गर्ने ?

कुनै पनि आइपीएओमा आवेदन दिनका लागि डिम्याट खाता आवश्यक हुन्छ । जुन हाल वाणिज्य बैँकका क्यापिटल्सहरुले सेवा प्रदान गर्दै आएका छन् । त्यो भन्दा पहिले कुनै पनि वाणिज्य बैँकमा खाता हुन जरुरी छ ।

आफ्नो खाता रहेको बैँकको क्यापिटल्स वा अन्य कुनै पनि क्यापिटल्समा गएर टिम्याट खाता खोल्नु पर्छ । जसका लागि क्यापिटल्समा १ वा २ दिन तथा बैँक शाखामा ७ दिनसम्म पनि लाग्न सक्छ । डिम्याट खाता खोलेर बैँकले तपाईंको वाणिज्य बैँकको खाता जोडिदिन्छ । डिम्याट खाता दुई वटाभन्दा बढी खोल्न भने पाइँदैन । दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान रहेको छ ।

डिम्याट खाता खोलिसके पछि सोही बैँकमा मेरो शेयरका लागि फारम भर्नुपर्छ । जसको १–२ दिनमा मेरो शेयरको खाता खुल्छ । सोही मार्फत विभिन्न आइपीओका लागि आवेदन दिन सकिन्छ ।

कति कित्ता भर्ने ? 

बैंकको आईपीओ हालसम्मकै ठूलो हो । यसमा आवेदन दिनेहरु खाली हात फर्कनु पर्दैन । त्यसका लागि बैंक खातामा आवेदन रकम बराबरको ब्यालेन्स अनिवार्य छ ।

हाल नेपालमा २४ लाख डिम्याट खाता खुलेका छन् । सबैले आवेदन दिएको खण्डमा एक आवेदकलाई ३० कित्ता भाग पर्छ ।

तर, सबैभन्दा पछि खुलेको चन्द्रागिरि हिल्सको आईपीओमा साढे १२ लाखले आवेदन दिएको र त्यसभन्दा केही बढी अर्थात् १५ लाखले आवेदन दिने हिसाब गर्दा सबैलाई न्युनतम ५० कित्ता दिइने अनुमान लगाइएको छ ।

कसरी आवेदन दिने ?

आईपीओमा आवेदन दिनका लागि डिम्याट खाता र मेरो शेयर खाता हुन जरुरी छ । जुन तपाईंको बैँक खाता रहेको बैँकमा गएर बनाउन सकिन्छ । त्यसपश्चात मेरो शेयर मोबाइल एप्लिकेसन वा मेरो शेयरको वेभ ब्राउजमा डिपोजिटरी पार्टिसिपेन्टमा आफ्नो डिम्याट खाता भएको कम्पनी छान्नु पर्छ । त्यसको मुनि रहेको बक्समा युजर नेम, र पासवर्ड राख्नु पर्छ ।

त्यसपश्चात तपाईंको मेरो शेयरको एप्लिकेसन खुल्नेछ । जहाँबाट आईपीओका लागि आवेदन दिन सकिन्छ ।