गुल्मी – ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामले डाम्दा मृत्यु भएपछि संलग्न एक दम्पती पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार श्रेष्ठ दम्पतीले ईश्मा गाउँपलिका–३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया)लाई डाढ दुखेको उपचार गरिदिने भन्दै फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डामेका थिए । राम प्रसादले खाना खान समेत नदिई आगोमा तताएको उक्त फलामे बस्तुले डामेपछी सन्चो हुन्छ र आफै एकछिनमा उठ्छन् भन्दाभन्दै राम बहादुरको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबाट रामबहादुरका जेठा छोरा हुम बहादुर मुखिया पनि सामान्य घाइते अवस्थामा रामप्रसादको घरमा फेला परेको प्रहरीको भनाई छ ।

यसअघि रामप्रसादले रेसुङ्गा नगरपालिका–५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा राम प्रसादले गत शनिबार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको पाइएको छ । टोपलालाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ ।