हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषले सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याइ अनुसन्धानको प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ । पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाको स्रोतले बताएको छ । रासस


ADVERTISEMENT

# # #