काठमाडौँ – काठमाडौमा जारी प्रधानमन्त्री एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । कर्णालीले सोमबार गण्डकी प्रदेशलाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । २०५ रनको लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाएर जित हात पार्यो ।


ADVERTISEMENT

# # #


कर्णालीका लागि हिमांशु शाहीले उत्कृष्ट पारी खेले । ६० बलमा ७ चौकाको मदतमा नटआउट ६८ रन बनाए । यस्तै विपीन रावलले ४५ बलमा ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडे । राज शाह ३२, हेमन्त ओली ३२ रनमा आउट भए ।

गण्डकीका लागि कप्तान विपीन खत्रीले ४ विकेट लिए । यस्तै सुवास भण्डारीले १ विकेट लिए ।

यसअघि गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै तीन छक्का र ६ चौका हाने। यस्तै अर्जुन कुमालले ४६, विपीन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रन बनाए ।

बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले दुई-दुई तथा रवीन्द्र शाहीले एक विकेट लिए । आजै अर्को खेल लुम्बिनी प्रदेश र प्रदेश नं. २ बीच भइरहेको छ ।