काठमाडौँ – भारतले नेपालसहित छिमेकी मुलुकलाई कारोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । आजदेखि भारतले नेपालसहित छिमेकी मुलुकमा भ्याक्सिन पठाउने तयारी गरेको छ ।


ADVERTISEMENT


मंगलवार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नेपालसहित भुटान, बंगलादेश, म्यानमार र माल्दिभ्सलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको छ ।


ADVERTISEMENT

# # #


यद्यपि, नेपाल सरकारलले भने भ्याक्सिन कहिलेसम्म आउँछ भन्ने आधिकारिक जानकारी प्राप्त गरिसकेको छैन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारतभ्रमणताका भ्याक्सिन ल्याउने तयारी अघि बढेको बताएको नेपालले भारतबाट सहयोगस्वरुप ६० लाख भ्याक्सिन प्राप्त गर्ने बताएको छ । भारतले भ्याक्सिन उपलब्ध गराउने भएपछि आजदेखि नेपालले आवश्यक तयारी थाल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।