हुम्ला– हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो बढि सुनिन थालेको हो । सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन् ।


ADVERTISEMENT


बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको त्यहाँको स्थानियले बताएका छने । यस्तै, सोमबार बिहान होटल विजयबाट जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको रु ४१ हजार मूल्य बरारबको मोबाइल फोन चोरी भएको छ । होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उनले बताए । बिहान चार्जमा राखिएको समयमा उनको रेडमी टेन प्रो सेट मोबाइल चोरी भएको हो । आफू प्रेस सङ्गठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उनको भनाई रहेको छ ।


ADVERTISEMENT

# # #


यसैगरि, स्थानीयवासी कालीबहादुरका अनुसार, सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट पनि रु १८ हजार नगद चोरी भएको छ । घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर नगदसहित अन्य सामान समेत चोरी गरेको बोहराले बताए ।
यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामाग्री चोरी हुने गरेको अर्का स्थानीयवासी देउमा भण्डारीले बताए । सुरक्षा गस्तीले रातको समयमा बजार गस्ती गरेता पनि यहाँ दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ । रासस
–––