काठमाडौँ – भारत सरकारले उपलब्ध गराएको १० लाख कोरोनाविरुद्धको भ्याक्सिन आज नेपाल आइपुग्दैछ । बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासले संयुक्त पत्रकार सम्मेलन गरी भ्याक्सिनको जानकारी गराएका हुन् ।


ADVERTISEMENT


भ्याक्सिन आयातमा भन्सार विभागले फास्ट ट्र्याकमा जाँचपास गर्ने भएको छ । नेपाल भित्र्याउँदा कुनै झन्झट र ढिलाइ हुन नदिन छरितो प्रक्रियामार्फत भन्सार जाँचपास गर्न लागिएको हो । यसका लागि भन्सार विभागले मुख्य भन्सार विन्दुहरुमा र विशेषतः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा अलग्गै इकाइ खडा गरेर कर्मचारी खटाउने भएको छ ।


ADVERTISEMENT

# # #


विभागले कार्यालयमा तत्काल समस्या समाधान कार्यादल र्‍यापिड एक्सन टिम समेत खटाएको छ ।

यसरी नेपाल आउन लागेको भ्याक्सिन पैठारीका क्रममा कागजातमा खोपको परिणाम तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि जाँचपास हुने विभागले जनाएको छ ।

मन्त्रालयले प्राथमिकताका आधारमा २/३ दिनभित्रैबाट खोप लगाउने काम शुरु गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले भने, ‘खोप भण्डारण, ढुवानी र लगाउनका लागि सबै तयारी पुरा भइसकेको छ ।