काठमाडौँ – पूर्व सांसद् समेत रहेकी नेकपा नेतृ शान्ता चौधरीले फिटनेश सेन्टर सञ्चालन गरेकी छन् । काठमाडौँस्थित कोटेश्वरमा फिटनेश सेन्टर निर्माण गरेकी उनले बुधवार औपचारिक उद्घाटन गरेकी हुन् ।


ADVERTISEMENT


चौधरीको उक्त फिटनेश सेन्टर कृषि मन्त्री पद्मा अर्यालले उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले चौधरीको उक्त काम सराहनीय भएको बताउँदै यसले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताइन् ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा बोल्दै फिटनेश सेन्टरकी सञ्चालक चौधरीले अब चुनावका क्रममा कि गाउँघरमा हुने कि फिटनेश सेन्टरमै रहने बताइन् । उनले राजनीतिलाई समय दिएर बाँकी रहेको समयमा फिटनेश सेन्टरमा समय दिने बताइन् ।

चौधरीले सांसद् हुनुपूर्व प्राकृतिक साबुनको उद्यम समेत गरेकी थिइन् ।