काठमाडौँ – भारत सरकारले सहयोगस्वरुप उपलब्ध गराएको १० लाख कारोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।


ADVERTISEMENT


Image may contain: one or more people, night and outdoor

भारतले पठाएको भ्याक्सिन नेपाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थाल आइपुगेको हो । भन्सार विभागले फास्ट ट्र्याकमा भ्याक्सिनको जाँचपास गरेर भ्याक्सिन नेपाल भित्र्याएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मन्त्रालयले बुधवार नै भ्याक्सिन आउन लागेको जानकारी गराउँदै भ्याक्सिन लगाउनका लागि सबै तयारी पूरा गरिसकेको जानकारी दिइसकेको छ । नेपालको कूल जनसंख्याको ७२ प्रतिशत संख्यालाई कोरोनाविरुद्धको खोपको लागि उपयुक्त संख्याका रुपमा चित्रित गरिएको मन्त्रालयले बताएको छ । जसमध्ये ३ प्रतिशत जनसंख्या, कोरोनाविरुद्धका योद्धाहरु सफाइकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिनेछ ।

त्यसमध्येबाट बाँकी रहेको खोप अन्य जोखिमका क्षेत्रमा काम गर्नेहरुलाई प्रदान गरिने सरकारको योजना रहेको छ ।

मन्त्रालयले प्राथमिकताका आधारमा २/३ दिनभित्रैबाट खोप लगाउने काम शुरु गर्ने जनाएको छ ।

Image may contain: one or more people, text that says 'H YOUR'