बाँके–  नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व संकलन गरेको छ ।


ADVERTISEMENT


कार्यालयका प्रमुख जयबहादुर भण्डारीकाअनुसार यस अवधिमा ९ अर्ब ९० करोड राजस्व संकलन गरेको हो । कार्यालयले यो अवधिमा ७ अर्ब ५८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्षको शुरुमै लक्ष्यभन्दा १ सय ७७ प्रतिशत कम राजस्व संकलन गरेको भन्सार कार्यालयले यस वर्षको राजस्व संकलन प्रभावित हुने अनुमान गरेको थियो ।


ADVERTISEMENT

# # #


भन्सार कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य १५ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा उक्त लक्ष्य सजिलै पूरा हुने सङ्केत देखिएको छ । रासस