काठमाडौँ – काठमाडौँ जारी प्रधानमन्त्री एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ३११ रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको पुलिसले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाएको हो । सुनिल धमला, दीपेन्द्र सिंह ऐरी, पवन सर्राफ र आरिफ शेखले धमकेदार ब्याटिङ गरेपछि पुलिसले प्रतियोगिताको अहिलेसम्मकै विशाल योगफल तयार पारेको हो ।


ADVERTISEMENT

# # #


सुनिलले प्रतियोगितामा व्यक्तिगत पशिलो शतक प्रहार गरे । उनले १४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यसक्रममा उनले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरे । कुशल व्यक्तिगत ६ रनमा आउट भएपछि अमित श्रेष्ठसँग उनले ५७ रनको सभाmेदारी गरे । दोस्रो विकेटका रुपमा अमित व्यक्तिगत २८ रनमा आउट भए । तेस्रो विकेट रुपमा आउट हुनुअघि सुनिलले दीपेन्द्र सिंह ऐरीसँग मिलेर १२९ रनको साझेदारी गर्दै पुलिसका लागि विशाल योगफलको आधार तय गरे ।

दीपेन्द्रले ६१ बत्रलमा ८५ रनको शानदार पारी खेले । त्यसक्रममा उनले ६ छक्का र १ चौका प्रहार गरे । त्यसपछि आएका आरिफ शेख र पवन सर्राफले आक्रामक ब्याटिङ गरे । उनीहरुले १६ बलमा ५६ रनको साझेदारी गरेर पुलिसलाई ३ सय रनको सीमा पार गराए ।

त्यसक्रममा पवनले १३ बलमा नै ५० रन पूरा गरे । उनले प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाए । जसक्रममा उनले १ चौका र ६ छक्का ठोके । इनिङको अन्तिम ओभरमा उनले सौरभ खनालाई ४ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले १४ बलमा २ चौका र २ छक्काको मदतमा २९ रन बनाए ।

लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।