काठमाडौँ – काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार तेस्रो जित हासिल गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा एपीएपले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो । एपीएफसँगको हारसँगै गण्डकी प्रदेश प्रतियोगिताबाटै बाहिरिएको छ ।


ADVERTISEMENT


गण्डकीले जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि असिफ शेखले अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाए ।


ADVERTISEMENT

# # #


त्यस्तै, सुमित महर्जनले १८ रन जोडे । एपीएफका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ गण्डकीका लागि चन्द्र पौड्यल र विशाल पौड्यलले समान दुईरदुई विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन बनाएको थियो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाउँदा विशाल पाड्य र दीपेश खत्रीले समान १५–१५ रन जोडे ।

बलिङतर्फ एपीएफका लागि कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेर तीन मेडन ओभर फालेर ११ रन खर्चे ।
त्यस्तै, अविनाश बोहोरा र शरद भेसवाकरले समान दुई–दुई विकेट लिए । किशोर महत्वले एक विकेट लिए ।

जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ ।