गत महिनामा मात्रै मुलुकभर १ सय ६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुनः स्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा सम्बन्धी आज सार्वजनिक गरेको पुस महिनाको प्रतिवेदन अनुसार गएको महिनामा मात्रै लैगिंक हिंसाका यी घटनाहरु घटेका हुन् । जसमध्ये सबैभन्दा बढि ५३ प्रतिशत अर्थात्, घरेलु हिंसाका मात्रै ८८ वटा घटना रहेका छन् ।


ADVERTISEMENT


उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५७ जना १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात्, हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना २६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् ।


ADVERTISEMENT

# # #


यसैगरी क्रमशः २८ वटा बलात्कारका, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुव्र्यवहार र हत्याका दुईदुई वटा, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अपराध लगायतका घटना रहेको ओरेकले तथ्याङ्कमा उल्लेख गरेको छ । ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१ सय ३९) तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त २६ तथ्याङ्कका आधारमा १ सय ६५ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

यसैगरी, प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७२ हिंसाका घटना श्रीमान् बाटै भएको पाइएको छ, भने ३५ वटा हिंसाको घटना छिमेकी र ३२ वटा परिवारका अन्य सदस्यवबाट भएको पाइएको छ । तथ्याङ्क हेर्दा महिला हिंसा सबैभन्दा बढी सङ्ख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । यस किसिमको हिंसाले महिला जहाँ छन् , त्यही नै असुरक्षित छन् भ,न्ने कुराको पुष्टी गरेको बताउँदै उनले घरेलु हिंसा तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्नेमा समेत जोड दिए । रासस