काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा नेता भुसालले अदालतमा सेटिङ मिलाएर संसद विघटन विरुद्धको मुद्दा जित्छु भन्ने भ्रम नपाल्न चेतावनी दिए ।


ADVERTISEMENT

# # #


‘सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन् । तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ ।’ उनले भने, ‘२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ ।’

नेता भुषालले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा दुई तिहाई बहुमत आउने ग्यारेन्टी नभएसम्म निर्वाचन कुनै पनि हालतमा नगर्ने दाबी गरे । ओलीलाई चुनौति दिँदै उनले भने, ‘तपाईंका जालझेल, षड्यन्त्र किमार्थ पूरा हुन दिइने छैन कम्रेड ।’

भुसालले अहिले देशका सामु लोकतन्त्र पराजित हुने वा केपी ओली पराजित हुने भन्ने दुइटा विकल्प मात्रै रहेको बताए ।