काठमाडौँ– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको सम्बन्धमा प्रश्न उठाएका थिए ।


ADVERTISEMENT


न्यायाधीश अनिलकुमार सिन्हाले उक्त निर्णय राजपत्रमा प्रकाशन भए इजलाससमक्ष पेश गर्नुपर्ने आदेशमा प्रतिनिधिसभा विघटनको सूचना समेटिएको सो प्रकाशित राजपत्र महान्यायाधिवक्ता खरेलले गत पुस ५ गते इजलास समक्ष पेश गरेका हुन्।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथि सुनुवाइ जारी छ । रासस