काठमाडौँ – शेयर बजार लगानीकर्ताका रुपमा परिचित अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पूँजी बजार फोरम गठन भएको छ । महासंघ एशोसिएट सदस्य समेत रहेका पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो।


ADVERTISEMENT


पूँजी बजार फोरममा कुमारकेशर बिष्ट र ध्रुर्व तिमिल्सिना सल्लाहकार समिति तथा अनन्तकुमार पौडेल र उषा खतिवडालाई आमन्त्रित सदस्यसहित १३ जनाको कार्यसमिति बनाइएको हो । फोरममा रामशरण थपलियालाई उपसभापतिको जिेम्मवारी दिइएको छ ।
पूँजिबजार फोरमको पहिलो कार्यसमिति वैठकले पूँजी बजारको विकास गर्नेगरी १० बूँदे निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


फोरमाले पुँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गर्ने, पूँजी बजारमा वैदेशिक लगानी भित्र्याउने, पूँजी बजारसँग सम्बन्धित ऐन कानून संशोधनका लागि सुझाव दिने, मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्यक्षेत्र विस्तार र संख्या थप गर्नका लागि पहल गर्ने लगायतका निर्णयहरु गरेको हो ।