बैतडी– उपचारको क्रममा एकै घरको दुई सदस्यको मृत्यु भएको छ । घरबाट भागेर निस्केका पाटन नगरपालिका–८ को देवर–भाउजूको विष सेवनबाट मृत्यु भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालयको रहेको छ । प्रहरी कार्यालयका अनुसार, २ दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । त्यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका उनीहरुको उपचारको क्रममा कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको हो ।


ADVERTISEMENT


‘भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो; जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।; देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको? भन्नेबारे समेत खुल्नसकेको छैन ।


ADVERTISEMENT

# # #


‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन्, खाँदा बिरामी परेँ भन्थे; थापाले भने ।, उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको जनाईएको छ । दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ । रासस