काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महीनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाउने बताएका छन् । बुधवार कोरोनाविरुद्धको खोपको शुभारम्भ गर्दै उनले कोरोनाको खोपको व्यापार गर्न नदिने र प्राथमिकताका सबैलाई निःशुल्क खोप उपलब्ध गराउने बताए ।


ADVERTISEMENT


‘अबको एक महीनामा दोस्रो चरणको खोप सरकारले अनुदानमा वा किनेर जसरी भएपनि निःशुल्क उपलब्ध गराउँछ,’ उनले भने ,‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।


ADVERTISEMENT

# # #


उनले भारतसँथ थप खोप ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको बताउँदै अन्य मुलुकबाट पनि खोप ल्याउने प्रक्रिया अघि बढेको जानकारी दिए ।