काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले हाली पर्वले सम्पूण नेपालीको जीवनलाई रंगीन र उल्लसमय बनाउन प्रेरित गरेको बताएका छन् ।


ADVERTISEMENT


फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिँदै सो कुरा बताएका हुन् । उनले दिएको शुभकामना सन्देशमा फागुपुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्याओस् भन्ने शुभेच्छा पनि गरिएको छ ।


ADVERTISEMENT

# # #


शुभकामना सन्देशद्वारा प्रम दाहालले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरुलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उनले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गरेको बताएका छन् । साथै उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरुले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गरेका छन् ।