बझाङ– खुँडा प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आपसी विवादमा खुँडा प्रहारपछि युवकको मृत्यु भएपछि घटनाका ३ आरोपित पक्राउ परेका हुन् ।


ADVERTISEMENT


छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मङ्गलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो । सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । रासस